![]()
काठमाडौ,५ असोज ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणामहरु सार्वजनिक थालेका छन् । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसले अग्रता लिएको छ । तर ढिलो गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको हो । बिहिबार विहानसम्म मतपरिणाम यस्तो छ–
कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२ धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।
३ सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा रामआश्रय साह र उपाध्यक्षमा अकली सहनी विजयी ।
संघीय समाजवादी फोरम, नेपालले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
एमालेले जितेका स्थानीय तह
१. धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२. सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी
३. पर्साको पटेर्वा सुगौलीमा एमालेका हरिनारायण चौधरी विजयी
४. धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी
२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी
राजपाले जितेका स्थानीय तह
१.धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१.सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी


