Breaking News.... EverestOnlineKhabar
June 7, 2026

यु–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भुटानसंग पराजित

Loading

एजेन्सी । नेपाल यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत भुटानसंग पराजित भएको छ । भुटानमा जारी प्रतियोगितामा नेपाल १–० ले पराजित भएको हो ।

खेलको अन्तिम समयमा नेपाली खेलाडीले डी बक्सभित्र बललाई हातले छोएपछि भुटानले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टीलाई भुटानले सदुपयोग गर्दै गोलमा परिणत गर्दै जित हासिल गर्यो ।

प्रतियोगितामा भुटानले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले नै पराजित गरेको थियो ।
प्रतियोगितामा नेपाल र भुटानसँगै बंगलादेश, भारत र माल्दिभ्स रहेका छन् । ‘राउन्ड रोबिन’ लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालको दोस्रो भिडन्त शुक्रबार माल्दिभ्ससँग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed