Breaking News.... EverestOnlineKhabar
September 12, 2026

वीरगञ्ज महानगरमा कांग्रेस र राजपाबीच रोचक प्रतिष्पर्धा

Loading

वीरगञ्ज,५ असोज ।
प्रदेश नं. २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पुनः नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरूदिख नै राजपा र कांग्रेसबीच प्रतिस्पर्धा रहेको वीरगञ्जको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको हो । यस अघि राजपाले अग्रता लिएको थियो भने कांग्रेसले पछ्याइरहेको थियो ।
कांग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले २३८६ मत ल्याएका छन् भने उपमेयरले शान्ति कार्कीले २२१७ मत पाएकी छन् । राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २२८६ मत ल्याएका छन् भने उपमेयर रम्भा मिश्राको २२१७ मत छ ।
फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार विमलप्रसाद श्रिवास्तवले १५२९ र उपमेयर रिंकु यादवले १५२५ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.