Breaking News.... EverestOnlineKhabar
June 7, 2026

धुर्मुस सुन्तलीद्वारा रौतहटमा एकीकृत नमूना बस्तीको शिलन्यास

Loading

रौतहट । कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अर्थात धुर्मुस सुन्तलीको जोडीले आफनो चौथो परियोजना अन्तर्गत रौतहटमा एकीकृत नमुना बस्ती बनाउने भएका छन ।

बाढी र डुबानले अस्तव्यस्त रौतहट चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी उनीहरुले पूर्व घोषित कार्यक्रम अनुसार नमूना बस्ती बनाइदिन लागेका हुन । कलाकार एवम समाजसेवी धुर्मुस सुन्तलीले धुर्मुसको जन्मदिन पारेर बुधवार एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।

बुधबार बिहान सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्तीको शिलान्यास गरे ।

असोज ४ गतेबाट सुरु वस्ती निर्माण आगामी माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गर्ने तय भएको सीतारामले बताए । वस्ती निर्माणका लागि ५ करोड ७५ लाख लागत लाग्ने अनुमान छ । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, भ्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भूकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने बताइएको छ ।

सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिसबसोबास गर्दछन् । गत साउनमा गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेपछि धुर्मुस राहतसहित सन्तपुर पुगेका थिए । यसअघि धुर्मुस सुन्तलीको जोडीले महोत्तरी, काभ्रे र सिन्धुपाल्चोकमा नमूना बस्ती बसाइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed