![]()
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पनि दौडधूप सुरु गरेका छन । चुनावी प्रचार अभियानकाक्रममा गोरखा पुगेका अध्यक्ष दाहालले नयाँ शक्तिका बाबुराम भट्टराईसंग मिलेर जाउँ भन्दा नमानेको गुनासो गर्नुभयो । उहाँले गोरखामा बाबुराम भट्टराई उम्मेदवार हुने ठाउँबाट आफनो पार्टीका नारायणकाजी श्रेष्ठ वा हितराज पाण्डे उम्मेदवार हुनसक्ने धारणा राखे । उनले भने, ‘ भट्टराईले गोरखाबाट चुनाव लड्ने घोषणा गरेको अवस्थामा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु उनका प्रतिस्पिर्धी हुन । ’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आसन्न प्रदेश र संघको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जोकसैसँग पनि तालमेल हुने धारणा राखे । निर्वाचनअघि कुनै हालतमा सरकार फेरबदल नहुने स्पष्ट पार्दै उनले यही सरकारले चुनाव गराउनेमा ढुक्क रहन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले मोहन वैद्य र डा. बाबुराम भट्टराईले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै उनले भने, ‘उहाँहरुले विभाजनको औचित्य पुष्टि गर्न सक्नु भएन, अब अल्मलिएर काम छैन । बाबुरामजी भर्खरै आउने देख्दिनँ ।’


