![]()
काठमाडौं । प्रहरीले ८८ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधवार पत्रकार सम्मेलन गरी सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कार्यबिनायक सुनचाँदी पसलका मालिक गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका मालिक सुगरत्न शाक्य, पशुपति सुनचाँदी पसलका मालिक नन्दकुमार मर्गले, पाल सु्नचाँदी पसलका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सलुखे रहेका छन ।
८८ किलो सुन रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्रिएकाबेला प्रहरीले बरामद गरेको थियो । प्रहरीले पहिलो चरणमै सुनसंग सवारी चालकलाई पनि पक्राउ गरेको थियो ।


