Breaking News.... EverestOnlineKhabar
June 6, 2026

‘मारिया’ समुद्री आँधी भर्जिन आइल्याण्ड र पोर्टो रिकोतर्फ अघि बढ्यो

Loading

एजेन्सी,४ असोज ।
डोमिनिका टापुमा क्षति पुर्‍याएर अघि बढेको मारिया नामक शक्तिशाली समुद्री आँधी भर्जिन आइल्याण्ड र पोर्टो रिकोमा अगाडि बढेको छ । प्रतिघण्टा २ सय ६० किलोमिटरको वेगसम्म आएको मरिया आँधीले डोमेनिकामा व्यापक क्षति पुर्‍याएको छ ।
सबैभन्दा खतरनाक स्तर क्याटगोरी पाँचको उक्त आँधी रातको समयमा डोमिनिका प्रवेश गरेको थियो । अमेरिकी भूगाम पोर्टो रिकोका गर्भनरले टापुका ३५ लाख मानिस सुरक्षित बासस्थानको खोजीमा रहेको बताएका छन् ।
सयौं आश्रयस्थलहरु बनाइएको छ । आँधीका कारण त्यहाँका विभिन्न स्थलमा पहिरो भएको छ । यसै महिना क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली इर्मा आँधी हिँडेकै बाटो हुँदै मरिया आँधी अघि बढिरहेको छ । इर्मा आँधीका कारण ३७ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed