Breaking News.... EverestOnlineKhabar
June 7, 2026

मेस्सी एक्लैले ४ गोल गरेपछि बार्सिलोनाको शानदार जित

Loading

बार्सा,४ असोज ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । यो सिजनमा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे ।
यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक एक गोल गरे । एइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले २० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्‍याए । ५७ औं मिनेटमा एनरिचले एइबरका लागि एक गोल फर्काए ।

तर मेस्सीले ५९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । नाउ क्याम्पमा गोलको वर्षा नै गरेका मेस्सीले ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालई ६–१ को शानदार जित दिलाए । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ । राति नै भएको खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed