Breaking News.... EverestOnlineKhabar
June 7, 2026

सीमा नाकाका सडक खुलाउने बारे नेपाल र चीनबिच सम्झौता हुँदै

Loading

काठमाडौ,४ असोज ।
चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप १२ सडक खुलाउने बारे नेपाल र चीनबिच सम्झौता हुँदैछ । त्यसको लागि काठमाडौंको एक होटलमा बुधबार दुई देशका उच्चस्तरीय वार्ताटोलीबिच छलफल हुँदैछ ।
छलफलपछि सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । छलफलका लागि १३ सदस्यीय चिनियाँ टोली मंगलबर नै काठमाडौं आइसकेको छ ।
१७ सदस्य रहेको नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गर्नुहुनेछ भने गृह, अर्थ, वाणिज्य, पराराष्ट्र र कानुन मन्त्रालयका सहसचिव टोलीमा छन् ।
भूकम्पपछि अवरुद्ध भएको खासा नाका खुलाउने बारे पनि चिनियाँ टोलीसँग छलफल गर्ने नेपाली पक्षको तयारी छ । नेपाल र चीनबिच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed