![]()
एजेन्सी,४ असोज ।
जेम्स रोड्रिग्वेजले जर्मन बुण्डेस लिगा फुटबलको आफ्नो पहिलो खेलमा एक गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख गएक रोड्रिग्वेजले बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा क्लबलाई जिताउन रोड्रिग्वेजले महत्वपूर्ण भूमिका खेले ।
बार्यनले एफसी शाल्केलाई ३–० ले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, रोड्रिग्वेज र अटुरो भिडालले गोल गरे । रोड्रिग्वेजको क्रस बल डिफेन्डर नाल्डोले ह्याण्डल गरे र लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । रोड्रिग्वेजले त्यसपछि बार्यनका लागि आफ्नो पहिलो गोल गरे । त्यसपछि उनले भिडालको गोलका लागि सहयोग पनि गरे ।
सन् २०१४ मा मोनाकोबाट सात करोड १० लाख पाउण्डमा रियल मड्रिड गएका रोड्रिग्वेज अहिले लोनमा बार्यन आएका हुन् । जितपछि पाँच खेलबाट १२ अंक जोडेको बार्यन लिगको शीर्ष स्थानमा छ ।


