Breaking News.... EverestOnlineKhabar
June 7, 2026

राष्ट्रियसभा र राष्ट्रपति निर्वाचन सम्बन्धी बिधेयक संसदमा पेश

Loading

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा पेश गरेको छ ।

मंगलबारको व्यवस्थापिका संसदको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले यी दुई विधेयक प्रस्तुत गर्नुभएको हो । दुवै विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, डिल्ली प्रसाद काफ्ले र अनुराधा थापा मगरले दर्ता गरेको बिरोधको सूचना अस्वीकृत भएका थिए ।

राष्ट्रपतिको लागि १ लाख र उपराष्ट्रपतिका लागि ७५ हजार धरौटी र प्रस्तावक तथा समर्थक २५–२५ जना हुनुपर्ने प्रावधान अप्रजातान्त्रिक र निरंकुश भएको भन्दै सांसद सुवालले सो प्रावधान विधेयकबाट हटाउन माग गरेका थिए ।

त्यसैगरी र राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारले १० हजार रुपैया धरौटी राख्नुपर्ने प्रावधानको पनि नेमकिपाका सांसदहरुले विरोध गरेका थिए । सरकारले विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक २०७४पनि व्यवस्थापिका संसदमा पेश गरेको छ ।

बैठकमा विकास समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय शासन संचालन सम्बन्धी विधेयक र शुसासन समितिका सभापति मोहन सिंह राठौरले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभयो । बैठकमा थारु आयोग विधेयक २०७४ सर्वसम्मतिले पास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed