![]()
काठमाडौं । सामसङले बहुप्रतीक्षित फ्ल्यागसिप स्मार्टफोन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘एसपेन’ र दुईवटा क्यामेरा भएको ग्यालेक्सी नोट ८ लाई सार्वजनिक गरेको हो । यससँगै यसको प्रि बुकिङ पनि खुला भएको छ ।
विश्व बजारमा चिनिएको सामसङ नोट सिरिजका स्मार्टफोनमध्ये नोट ८ सबै कुराले पूर्ण रहेको सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितको दावी छ । कम्पनीले यसअघि बजारमा आएको नोट ७ मा देखिएको ब्याट्री समस्यालाई निर्मूल पार्दै नोट ८ बजारमा ल्याएको दावी गरेको छ । फोनमा ब्याट्री सुरक्षाका लागि कम्पनीले ‘८ पोइन्ट ब्याट्री सेफ्टी चेक’ सिस्टम प्रयोगमा ल्याएको स्थापितले बताए ।
मानिसका सानाठूला सबै आवश्यकतालाई एउटै डिभाइसमा समेट्ने गरी एउटा पूर्ण प्याकका रूपमा समासङ नोट ८ सार्वजनिक भएको हो । कम्पनीका अनुसार नोट ८ मा राखिएको एसपेनको सहायताले स्मार्टफोन प्रयोगकर्ताले नयाँ अनुभव लिन सक्नेछन् । कम्पनीले फिनर टिम सुविधासहितको प्रेसर सेन्सेटिभयुक्त एसपेन प्रयोगमा ल्याएको छ । फोनमा सुरक्षाका लागि सामसङ नक्स प्रविधि प्रयोग भएको छ । ६.३ इन्च क्वाड एचडी प्लस सुपर एमलोड इन्फिनिटी डिस्प्लेका साथ आएको नोट ८ मार्फत एकैपटकमा धेरै कार्य गर्न सकिने कम्पनीले जानकारी दिएको छ । स्मार्टफोनमा मल्टी विन्डोजका साथै एप पेयर सिस्टमसमेत छ ।


