Breaking News.... EverestOnlineKhabar
June 7, 2026

नारायणकाजीले भने,–‘ अब माओवादीको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभाको चुनाव जित्ने । ’

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्ने कुरालाई अर्जुनदृष्टि बनाएर माओवादी केन्द्र अघि बढनुपर्ने बताउनु भएको छ ।

पार्टी सम्बद्ध गोरखा–काठमाडौं संघीय जनसम्पर्क मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको दशैं तिहार र छठको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश र प्रतिनिधिसभामा माओवादीले जित्न नसके जनताको मनोबल खस्किने र यसले अन्ततः परिवर्तनका एजेन्डा धरापमा पर्ने उहाँले बताउनुभयो ।

नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टीकोे पराजयबारे समीक्षा गरेर प्रगतिशिल नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed