![]()
काठमाडौं । नेपालमा यही अशोज ५ गतेबाट पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । अखिल नेपाल कबड्डी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असोज ५ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगिता सुपर लिगको आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा भाग लिन बंगलादेश नेपाल आइसकेको छ । प्रतियोगितामा भारतको भने बी टिमले सहभागिता जनाउने छ । भारतमा जारी प्रो–कबड्डी प्रतियोगितामा राष्ट्रिय खेलाडी व्यस्त भएका कारण बी टिमले सहभागिता जनाउन लागेको हो ।


