Breaking News.... EverestOnlineKhabar
June 7, 2026

दशैंमा घर जान एक हप्तामा ४६ हजार यात्रुद्वारा अग्रिम टिकट बुकिङ

Loading

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको एक हप्ता भित्र नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन । भदौ २७ गतेयता ४६ हजार भन्दा बढीले टिकट बुकिङ गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा पनि अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

महासंघले दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भैसकेको जनाएको छ । सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट नकाटेको महासंघले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष कम टिकट बुकिङ भएको महासंघका महासचिव सरोज सिटौलाले बताए ।
बाटोको दुरावस्था र वर्षाका कारण यात्रुले हवाइजहाजको टिकट बुकिङ गरेकाले बसका यात्रु घटेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed