![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेपनि त्यस अनुसार प्रतिफल नआएको बताउन् भएको छ ।
मंगलबार काठमाडौंको कालिमाटीस्थित नीलबाराही माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालाई समयानुकूल परिवर्तन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रको चौतर्फी विकासका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकारले शिक्षा नीतिमा आमूल परिवर्तन ल्याउने तयारी गरेको समेत बताउनुभयो ।


