Breaking News.... EverestOnlineKhabar
June 7, 2026

राष्ट्रका नाममा सु चीको सम्बोधन, अन्तर्राष्ट्रिय निगरानीबाट नडराएको स्पष्ट

Loading

बिबिसि । चर्को आलोचना खेपिरहेकी म्यानमारकी नेतृ आङ सान सू चीले रोहिंज्या संकटलाई लिएर अन्तर्राष्ट्रियसमुदायको निगरानीबाट आफूलाई कुनै डर नभएको बताएकी छन् ।

मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै सू चीले ४ लाखभन्दा बढी रोहिंज्या मुस्लिमलाई म्यानमारबाट भागेर बंगलादेश पुग्नु परेको अवस्थाबारे मुख खोलेकी हुन । सू चीले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अहिले हिंसा अन्त्य भएको दावी गरेकी छन । देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुको कारणबारे चाहिँ आफ्नो सरकारले कुरा गर्न चाहेको उनले बताइन् ।

सेनाद्वारा रोहिंज्याहरुविरुद्ध व्यापकस्तरमा भएका दमनबारे चाहिँ सू चीले केही उल्लेख गरिनन् । निर्दोष मानिसहरुलाई प्रभावित हुन नदिन सेनालाई निर्देशन दिइएको उनले बताएकीछन ।

म्यानमारको सेनाले गरेको ‘अत्याचार र जातीय सफाया’बारे बोल्न अन्तर्राष्ट्रिय समुदायबाट उनीमाथि दवाव पर्दै आएको छ । संयुक्त राष्ट्रसंघ र पश्चिमा सैनिक मुलुकले कारबाही रोक्न र रोहिंज्याहरुलाई घर फर्किन दिन म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन् ।
केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा जारी संकट अन्त्यका लागि सू चीसँग अब ’अन्तिम मौका’ मात्रै बाँकी रहेको बताएका थिए । हालै राष्ट्रसंघले अल्पसंख्यक रोहिंज्या मुस्लिमहरुविरुद्धको सैनिक अभियान पाठ्यपुस्तकमा उल्लेख गर्ने खालको ‘जातीय सफाया’ भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed