Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

काठमाडौँ । नेपालको संविधान जारी भएको २ बर्ष पूरा भएको छ । २०७२ साल अशोज ३ गते नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान तत्कालिन राष्ट्रपति डा.रामवरण यादवले जारी गर्नुभएको थियो ।

नेपालको संविधान जारी भएको दुई बर्ष पुगेको उपलक्ष्यमा सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी लगायत विशिष्ठ व्यक्तिको उपस्थिति थियो । यस्तै, सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख र सरकारका विशिष्ठ कर्मचारीको पनि समारोहमा उपस्थिति थियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले एकसाथ शान्तिको प्रतिक परेवा उडाउनु भएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र अब यसैगरी प्रदेश र संघीय संसदको पनि निर्वाचन ग्यारेन्टी भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed