Breaking News.... EverestOnlineKhabar
June 7, 2026

मन्त्रिपरिषद् बिस्तारको निर्णय सच्याउन सरकारलाई निर्वाचन आयोगको आग्रह

Loading

काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी बिज्ञप्तीमा असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको उल्लेख छ ।

मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने आयोगको ठहर छ । आयोगले तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

यसअघि गत भदौ २६ गते पनि आयोगले यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed