Breaking News.... EverestOnlineKhabar
June 7, 2026

मुलुकको राष्ट्रियताको रक्षा गर्ने जिम्मा एमालेको काँधमाःबरिष्ठ नेता खनाल

Loading

काठमाडौ,३ असोज ।
नेकपा एमालेका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डता जोगाउने जिम्मा नेकपा एमालेको काँधमा आएको बताउनुभएको छ । नेकपा एमाले ईलाम–काठमाडौ सम्पर्क मञ्चले आज काठमाडौमा गरेको दशै,तिहार,छठ,नेपाल संवत्को शुभकामना–आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डता खतरामा रहेको भन्दै नेकपा एमालेले मात्र मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा गर्ने जिम्मा एमालेको काँधमा आएको बताउनुभएको हो ।

उहाँले नेपालको धेरै भु–भाग मिचिएको,सिमाना मिचिएको,सिमा स्तम्भ कायम पारिएको भन्दै राष्ट्रियता र भौगोलिक अखण्डतामाथी धावा बोल्न खोज्ने जुनसुकै शक्तिलाई पनि परास्त गर्न एमाले सक्षम रहेको बताउनुभयो ।
उहाँले व्यक्तिगत र पार्टीगत स्वार्थको लागि नेपाली कांग्रेस दिल्लीमा गएर लम्पसार पर्ने गरेको भन्दै कांग्रेसवाट राष्ट्रियताको रक्षा हुनैनसक्ने जिकिर गर्नुभयो ।
विकास निर्माणको पछौटेजन,बेरोजगारी समस्याको भयावह स्थिति र भ्रष्ट्राचारले मुलुक जरजर बनिरहेको भन्दै नेता खनालले मुलुकका विद्यमान समस्या समाधान गर्न एमाले मात्र सक्षम रहेकाले आगामी मंसिरमा हुने दुई तहको निर्वाचनमा एमालेलाई अत्यधिक बहुमत दिन आह्वान गर्नुभयो । उहाँले एमालेले उठाएका मुद्धालाई जनता समक्ष पु¥याएर आगामी निर्वाचनमा बहुमत ल्याउने गरी जनतामा जान कार्यकर्तालाई निर्देशन सकेत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed