Breaking News.... EverestOnlineKhabar
June 7, 2026

पूर्वकप्तान रुनीलाई २ वर्ष प्रतिबन्ध, गलत कार्यबारे माफी मागे

Loading

एजेन्सी,३ असोज ।
मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग लागेका इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई २ बर्ष गाडी चलाउन प्रतिबन्ध लागेको छ । सोमबार अदालतमा उपस्थित भएका रुनीलाई स्टकपोर्ट मजिस्ट्रेट अदालतले २ बर्ष गाडी चलाउन प्रतिबन्ध लगाएको हो । अदालतले एभर्टनका ३१ बर्षे स्ट्राइकर रुनीलाई गाडी चलाउन प्रतिबन्धसँगै बिनापारिश्रमिक एक सय घण्टा सामुदायिक काम गर्न समेत आदेश दिएको छ । अदालतमा रुनीले मादकपदार्थ सेवन गरेको स्वीकार गर्दै माफी मागेका थिए ।
रुनी गत भदौ १६ गते इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गरी गाडी चलाइरहेको अवस्थामा पक्राउ परेका थिए । गाडी चलाउँदा मादक पदार्थको मात्रा ३५ माइक्रो ग्राम्स भन्दा कम हुनुपर्नेमा पक्राउ पर्दा उनले सेवन गरेको मात्रा १०४ माइक्रो ग्राम्सको पाइएको थियो ।
अदालतबाट सजाय पाएपछि रुनीले गलत काम गरेको भन्दै माफी मागेका छन् । रुनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्ः‘म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले नियम विपरित ड्राइभिङ गरेँ । त्यो कार्य मेरो गलत थियो ।’
यस्तै रुनीले आफ्नो परिवार, एभर्टनका प्रशिक्षक, अध्यक्ष र सबै सदस्यसँग यसअघि नै माफी मागेको बताउँदै अदालतले सुनाएको सजाय आफुले स्वीकार गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed