Breaking News.... EverestOnlineKhabar
June 7, 2026

बैद्यले भने,–‘प्रचण्ड नाम मात्रको कम्युनिष्ट’

Loading

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दमहमाल नाम मात्रैका कम्युनिष्ट भएको भन्दै कटाक्ष गरेका छन ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले प्रचण्ड र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कम्युनिष्ट आचरणबाट च्यूत भएको टिप्पणी गरेका हुन । उनले सिद्धान्तहीन माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता हुन स्पष्ट पारेका छन ।

प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आउँदा बाटो बिराएको वैद्यको भनाई छ । प्रचण्ड पश्चगामी दिशामा गइसकेको बैद्यको बुझाई छ ।

नेता बैद्यले देउवा–प्रचण्डको सरकार भारतसामु निरीह बनेको आरोप समेत लगाए । ‘सीमा समस्या डुवान, नेपाली उत्पादन र वजारको प्रवद्र्यनका सम्वन्धमा सरकार भारतसामु निरीह बनेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed