![]()
सप्तरी । सप्तरीको राजविराजमा १०३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् । सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर–७ बस्ने १०३ वर्षीया समानदेवी जोशीले मतदान गरेकी हुन् । १९७१ सालमा जन्मिएकी जोशीले लाइनमै बसेर मतदान गरिन् ।
जिल्ला खेलकुद विकास समिति राजविराज वडा नम्बर–७ को मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । सो केन्द्रमा १ हजार १२८ जना मतदाता रहेका थिए ।
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ ओटा स्थानीय तहमा शान्तिपूर्णरुपले मतदान सम्पन्न भएको छ ।


