Breaking News.... EverestOnlineKhabar
June 7, 2026

राष्ट्रपति भण्डारीको सपना : ‘सम्पन्न नेपाल र सुखी नेपाली’

Loading

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘सम्पन्न नेपाल र सुःखी नेपाली’ बनाउने सपना साकार पार्न आफू संघर्षरत रहेको बताउनु भएको छ । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकलाई समृद्ध बनाई सम्पन्न र सुखी नेपालीको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दक्ष जनशक्ति निर्माणमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले विद्यालय शिक्षामार्फत् राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानले ओतप्रोत चरित्रवान नागरिक निर्माण गर्नु सरकारको दायित्व भएको धारणासमेत व्यक्त गर्नुभयो । पोषण शिक्षालाई विद्यालय तहमै विशेष प्राथमिकता दिनसके भविष्यमा सबै नागरिकलाई स्वस्थ बनाउन सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउनेहरुलाई पनि राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed