![]()
सर्लाही । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाको बबरगंजबाट मतदान गरेकाछन । चन्द्रनगरमा उनकै दाजु महेन्द्र महतो राजपाका तर्फबाट प्रमुखमा उमेदवार छन् । त्यसैगरि राजपा अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादवले बसतपुरमा मतदान गरे
राजपाका संयोजक महन्थ ठाकुर भने विरामी परेर आइतबार काठमाडौं फर्किएका छन् । मलंगवा नगरपालिका वडा नम्बर ८ का उनी मतदाता हुन् ।
राजपा अध्यक्ष मण्डलका तीन प्रमुख नेताको गृह जिल्ला भएकाले सर्लाहीको परिणामलाई महत्वपुर्ण मानिएको छ ।


