Breaking News.... EverestOnlineKhabar
June 7, 2026

प्रदेश नम्बर २ मा मतदान जारी, उत्साहजनक सहभागिता

Loading

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा अहिले मतदान भईरहेको छ । सबै ठाउँमा मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ । मतदाता विहानैदेखि लाईनमा बसेका छन् । केहि स्थानमा भने निर्धारित समयभन्दा केहि ढिला निर्वाचन सुरु भएको थियो ।

२ नम्बर प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनलाई मध्यनजर गर्दै ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी खटिएको निर्वाचन आयोगले जनाएको छ । साँझ ५ बजे सम्म चल्ने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्रको व्यवस्था गरिएको छ । २ नम्बर प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेका छन् ।
औसतमा ७० प्रतिशत भन्दा बढी मतदान हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed