![]()
काठमाडौं । उत्तर कोरियाले गरेको परमाणु मिसाइल परीक्षणका विषयमा नेपाल सरकारले चासो व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ती जारी गर्दे राष्ट्र संघको सुरक्षा परिषद् महसन्धि विपरित उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण गरेको जनाएको छ । बिज्ञप्तीमा नेपाल आमविनासकारी हतियारको विपक्षीमा रहेको उल्लेख छ ।
नेपालले कोरियाली प्रायदीपमा शान्ति र स्थिरता चाहेको पनि विज्ञप्तीमा उल्लेख छ । संयु्क्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले लगातार परमाणु परीक्षण गरिरहेको छ ।
हिजो मात्रै उत्तर कोरियाले अमेरिकामाथि हाइड्रोजन बम हान्ने चेतावनी दिएको थियो ।


