![]()
ललितपुर । ललितपुर महानगरपालिकालाई ट्राफिक जाममुक्त शहर घोषणा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो ।
आइतबार विशेष कार्यक्रमकाबीच ‘ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर’ भन्ने मुख्य नारासहित ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले जाममुक्त शहरको घोषणा गरेका हुन् ।
कार्यक्रममा मेयर महर्जनले निर्वाचनको समयमा आफूले कबुल गरेका प्रतिबद्धता सबै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबैलाई ट्राफिक जाममुक्त शहर बनाउन सहयोग गर्न पनि आग्रह गरे । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरका तीन ठाउँमा ट्राफिक लाइट र दुई ठाउँमा आकासे पुल निर्माण गर्ने तयारी भैरहेको पनि उनले बताए ।
कार्यक्रमम ट्राफिक महाशाखा प्रमुख खनालले ट्राफिक व्यवस्थापनले राष्ट्रको प्रतिष्ठालाई झल्काउने भएकाले जाममुक्त शहर बनाएर छाड्ने दाबी गरे ।


