![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार प्रदेश नम्बर २ मा हुने निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले निर्वाचन लगायत प्रशासनिक र जनसरोकारका विषयमा सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र संघको महासभामा सहभागिता हुन आफू जान लागेको विषयमा समेत दाहाललाई जानकारी गराउनु भएको थियो ।


