![]()
काभ्रे । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्ध बनाउनुपर्ने बताउनु भएको छ ।
काभ्रेमा आयोजित बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको बताउनुभयो । उहाँले पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि तेस्रो चरणमा सहभागी भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर समृद्धितर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।


