Breaking News.... EverestOnlineKhabar
June 11, 2026

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेका छन तर कारवाही गर्न सकिएन : प्रमुख निर्वाचन आयुक्त

Loading

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेपनि उनलाई कारवाही गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कारवाही गर्न मिल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको धारणा राख्नुभयो ।

निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको भन्दै प्रमुख आयुक्त यादवले आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउनमा केन्द्रीत भएको बताउनुभयो ।

छिटपुट रुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपनि व्यापक उलंघन भएको भन्नु गलत भएको टिप्पणी गर्नुभयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोली परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed