Breaking News.... EverestOnlineKhabar
June 6, 2026

उच्च अदालतका तीन मुख्य न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस, १९७ जिल्ला न्यायाधीशको सरुवा

Loading

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका तीन मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकले तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र पाटन उच्च अदालतका टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको हो ।

संविधानमा न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खास्त र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन न्याय परिषदको व्यवस्था गरिएको छ ।

परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद् सदस्य रहन्छन् ।

बैठकले १९७ जना जिल्ला न्यायाधीशको सरुवा पनि गरेको छ । निर्वाचन आचारसंहिताले सरुवा, बढुवा र नियुक्ति रोकेको अवस्थामा जिल्ला न्यायाधीशहरुको सरुवा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed