Breaking News.... EverestOnlineKhabar
June 6, 2026

भुटानमा हुने साफ यू १८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक

Loading

एजेन्सी । आगामी अशोज २ गतेबाट भुटानमा हुने साफ यू १८ च्याम्पियनसिपको टाइसिट सार्वजनिक गरिएको छ । अशोज २ गतेबाट ११ गतेसम्म हुने प्रतियोगितामा सार्कका पाकिस्तान र श्रीलंकाबाहेक ५ टोली सहभागी हुनेछन ।

सहभागी पाँच टोलीले एक अर्कासँग खेलेर पाएको अंकका आधारमा उपाधि बिजेता, उपबिजेता र तेस्रो स्थानको निर्णय हुनेछ । प्रतियोगिता लिग प्रणाालीमा सञ्चालन हुन्छ ।

दुई वर्षअघि नेपालमा सम्पन्न साफ यू १९ च्याम्पियनसिपको नतिजाका आधारमा टिमको र्याङकिङ गरिएको छ । बिजेताको हैसियतले नेपाल पहिलो श्रेणीमा छ ।

प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल असोज ४ गते घरेलु टोली भुटानसँग खेल्नेछ । त्यस्तै असोज ६ गते माल्दिभ्ससँग, ९ गते बंगलादेशसँग र ११ गते भारतसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed