Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

काठमाडौ,२८ भदौ ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।
उनले भनेः‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ, निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१९ प्रतिशतमा खुम्चिएको छ ।’ पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो । पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।
साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो । गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो ।
राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed