Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

चितवन,२८ भदौ ।
राति बन्द गरिँदै आएको नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुला गरिएको छ। ठूला चाडपर्वलाई लक्षित गर्दै सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।
राति ८ देखि १२ बजेसम्म सवारीको बढी चाप हुने भएकाले मालबाहक ठूला सवारीसाधनले भने प्रवेश पाउने छैनन्। यात्रुबाहक सवारीलाई सहज बनाउने यस्तो गरिएको पन्तले बताए। पहिरोको उच्च जोखिम भएपछि गएको असार २५ देखि नारायणगढ–मुग्लिन सडक रातिको समयमा बन्द गरिँदै आएको थियो।
चाडपर्वमा यात्रा असहज नहोस् भनेर खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज पारिने नारायणगढ– मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए। गत दुई वर्षदेखि उक्त सडक चौडा पार्ने काम चलिरहेको छ। ६ वटा कम्पनीले तीन वटा ब्लक छुट्याएर काम गरिरहेका छन्। म्याद सकिँदासमेत काम पूरा नभएका कारण सडक निर्माणमा पटकपटक म्याद थपिँदै आएको छ। अहिलेसम्म करिब ५४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण छ। यहाँ दैनिक १० हजारभन्दा बढी गाडी गुड्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed