![]()
एजेन्सी,२७ भदौ ।
फ्राङ्क डी बोअर क्रिष्टिल प्यालेसको प्रशिक्षक नियुक्त भएको ७७ दिनमै बर्खास्त भएका छन् । उनको स्थान इंग्ल्याण्डका पूर्वप्रशिक्षक रोय हड्सनले लिने सम्भावना छ ।
आइतबार राति बार्नेलीसँग १–० ले पराजित भएपछि क्रिष्टिल प्यालेसले डी बोअरलाई बर्खास्त गरेको हो । उनको नेतृत्वमा प्यालेसले मात्र चार खेल खेलेको थियो । तर, प्रिमियर लिगका पछिल्ला चार खेलमा उनको टोलीले गोल गर्न सकेन ।


