Breaking News.... EverestOnlineKhabar
June 6, 2026

इंग्लिस प्रिमियर लिगः वेष्ट ह्यामको पहिलो जित

Loading

एजेन्सी,२७ भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्ट ह्याम विजयी भएको छ । घरेलु मैदानम भएको खेलमा वेष्ट ह्यामले हडर्सफिल्डलाई २–० ले पराजित गरेको हो । वेष्ट ह्यामको यो प्रिमियर लिगमा पहिलो जित हो । यहि सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्डले लिगमा पहिलो हार व्यहोरेको छ ।

वेष्ट ह्यामको जितमा पेट्रो ओबियाङ र आन्ड्रे आयुले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि ग¥यो । ७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए । पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । पराजित भएको हडर्सफिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed