Breaking News.... EverestOnlineKhabar
June 6, 2026

मन्त्रिपरिषद् बिस्तारले आचारसंहिता उल्लंघन नभएको प्रधानमन्त्रीको दावी, अझै मन्त्री थपिने जानकारी

Loading

बिराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राजनीतिक आवश्यकता अनुसार मन्त्रिपरिषद् बिस्तार गरेकाले त्यसले निर्वाचन आचारसंहिता उल्लंघन नभएको दावी गर्नुभएको छ ।

प्रदेश नम्बर २ मा निर्वाचन प्रचारप्रसारका लागि बिराटनगर पुग्नु भएका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद् बिस्तार गर्नु आफनो बाध्यता भएको समेत धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई सपथ गराएपछि निर्वाचन आयोगले सरकार नै आचारसंहित उल्लंघन गर्न लागिपरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

प्रधानमन्त्री देउवाले आवश्यकता परे अझै मन्त्री थपिन सक्ने जानकारी दिनुभयो । देउवाले पछिल्लो पटक मन्त्रिपरिषद् बिस्तार गरेपछि मन्त्रीहरुको संख्या ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed