Breaking News.... EverestOnlineKhabar
June 5, 2026

थाइल्याण्डबिरुद्ध नेपालको कमाल, ब्याटिङ र बलिङ दुवै चम्किएपछि नेपाल २५६ रनले विजयी

Loading

एजेन्सी । एसीसी अन्डर १९ इस्र्टन रिजनल क्रिकेट च्याम्पियनसिपमा नेपाल शानदार सुरुवात गरेको छ । मलेशियामा सोमबार सम्पन्न खेलमा नेपालले थाईल्याण्डमाथि २ सय ५६ रनको फराकिलो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले २ सय ८२ रनको लक्ष्य थाइल्याण्डसामु पेश गर्यो । नेपालले पूरै ओभर खेलेर ७ विकेट गुमाउँदै २ सय ८१ रनको गतिलो स्कोर बनाएको हो । नेपालका लागि अनिल कुमार शाहले सर्वाधिक ९१ रन बनायो । ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का प्रहार गरेका थिए । प्रनित थापा मगरले ५० रनको योगदान गरे । यस्तै, सन्दिप सुनारले ३७, रोहित कुमार पौडेलले २८ रन बनाए । यस्तै पवन सर्राफ र दिपेन्द्रसिंह ऐरीले २२ तथा असिफ सेखले २१ रनको योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले थाइ टिमलाई १० ओभर भित्रै मात्र २६ रनमा अलआउट गर्यो । सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिएपछि नेपालले ठुलो अन्तरको जित निकालेको हो । ४ ओभर बलिङ गरेका लामिछानेले ५ रन मात्र दिए । दिपेन्द्र सिंह ऐरी, किशोर महतो र नन्दन यादवले १–१ विकेट लिए ।

प्रतियोगीताको शीर्ष दुईमा रहने टोली एशिया कपका लागि छनौट हुनेछन् । समूह ए मा नेपाल सहित सिंगापुर, थाईल्याण्ड र भुटान छन् भने समूह बीमा मलेसिया, हङकङ, चाईना र म्यानमार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed