Breaking News.... EverestOnlineKhabar
June 5, 2026

मधेशमा मतदाता प्रभावित गर्न पैसाको खोलो : प्रचण्ड

Loading

सिन्धुली । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ चुनाव आफनो पक्षमा पार्न केही दलहरुले पैसाको खोलो बगाएको आरोप लगाउनु भएको छ ।

सिन्धुलीको सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले कांग्रेस, एमाले लगायत मधेश केन्द्रीत दलहरुले दुई नम्बर प्रदेशमा पैसाको खोला बगाएर मतदातालाई प्रभावित बनाएको आरोप लगाउनुभयो । उहाँले पैसा, रक्सी र मासु बितरण गर्ने, महिलालाई साडी र त्यो भित्र एकहजारका दरले पैसा बाँडने काम भैरहेको उहाँले बताउनुभयो ।

मतदातालाई प्रभावित पार्न अन्य दलले पैसाको खोलो बगाएपनि माओवादी केन्द्र नै सो क्षेत्रमा पहिलो हुने उहाँको दावी छ ।
अध्यक्ष दाहालले पहाडमा भन्दा तराइमा चुनावी लहर बढी पाएको उल्लेख गर्नुभयो । संघ र प्रदेशको चुनावमा पनि हिमाल, पहाड, तराइमा उस्तै उत्साह आउने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed