Breaking News.... EverestOnlineKhabar
June 5, 2026

युएसको ओपनको फाइनलमा एण्डरसन र नाडाल भिडने

Loading

बिबिसि । युएसको ओपनको उपाधिका लागि अब दक्षिण अफ्रिकाका केविन एण्डरसन र वल्र्ड नम्बर वान स्पेनिस राफायल नाडालबीच भिडन्त हुने भएको छ ।

शनिवार बिहान सम्पन्न खेलमा दुवैले आ–आफनो खेल जित्दै फाइनलको यात्रा तय गरेका हुन । स्पेनिस राफायल नाडालले २४ औं वरियताका अर्जेन्टिनी हुँआ मार्टिन डेल पोट्रोलाई पछि पार्दै फाइनलमा प्रवेश गरेका हुन् । स्पेनिस नाडालले पोट्रोलाई ४–६, ६–०, ६–३ र ६–२ को सेटमा हराएका हुन् ।

यस्तै शनिवार बिहानै सम्पन्न अर्को खेलमा २८ औं वरियताका एण्डरसनले १२ औं वरियताका स्पेनिस पावलो कारेनो बुस्टालाई पछि पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् । एण्डरसनले बुस्टालाई ४–६, ७–५, ६–३ र ६–४ को सेटमा हराएका हुन् । उनी ३ दशक भन्दा बढी समयपछि पुरुष एकलमा युएस ओपनको फाइनलमा पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed