Breaking News.... EverestOnlineKhabar
June 5, 2026

प्रतिबन्धको निकास खोज्न कतारद्वारा साउदी अरबलाई वार्ताका लागि आह्वान

Loading

बिबिसि । साउदी अरब लगायतका मुलुकहरुले प्रतिबन्ध फुकुवा नगरेपछि कतारले वार्ताका लागि आह्वान गरेको छ । कतार सरकारले आफ्नो मुलुकमाथिको प्रतिबन्धबारे सकारात्मक निकास खोज्न साउदी अरेबियालाई वार्ता आह्वान गरेको हो ।

कतारका राजा शेख तमिम विन हमाद अल–थानीले साउदी अरेबियाका युवराजलाई टेलिफोन गरी वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको बिबिसिले उल्लेख गरेको छ ।

चार अरब राष्ट्रले कतारमाथि प्रतिबन्ध लगाएर सम्बन्ध तोडेपछि त्यसको समाधान खोज्त कतारी राजा आफै अग्रसर भएका हुन ।
कतारले आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले गत जुनमा कतारसँगको सम्बन्ध तोडेर विभिन्न प्रतिबन्ध लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed