Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इङल्याण्डका जेम्स एण्डरसनलाई टेष्ट क्रिकेटमा ऐतिहासिक ५०० विकेट

Loading

बिबिसि । बेलायती क्रिकेटर जेम्स एण्डरसनले टेस्ट क्रिकेटमा ५ सय विकेट लिने पहिलो बेलायती खेलाडीको रुपमा नयाँ कीर्तिमानी कायम गरेका छन् । लण्डनस्थित लर्ड्स मैदानमा वेष्ट इण्डिजसंग भएको अन्तिम टेस्ट क्रिकेटको दोस्रो दिनको खेलमा उनले यो सफलता हात पारेका हुन ।

एण्डरसनले वेष्ट इन्डिजका क्रेइग ब्रेथवेटलाई बोल्ड आउट गर्दै कीर्तिमानी ५ सयौं विकेट लिन सफल भएका हुन् । यो संगै उनी विश्व क्रिकेटमा ५ सय वा सो भन्दा बढी विकेट लिने छैटौं खेलाडी बनेका छन् ।

टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट विकेट श्रीलंकाका मुथैया मुलरिधरणको नाममा छ । उनको ८ सय विकेटको कीर्तिमानी छ । यस्तै अस्ट्रेलियका शेन वार्नले ७ सय ८, भारतका अनिल कुम्बले ६ सय १९ विकेटका साथ तेस्रो स्थानमा छन् । यस्तै अस्ट्रेलियाका म्याकग्रेथले ५ सय ६३ र वेष्ट इन्डिजका कर्टनी वाल्सले ५ सय १९ विकेट लिएका छन् । सन् २००३ बाट आफ्नो करियर सुरु गरेका एण्डरसन वान डे क्रिकेटमा पनि सफल मानिन्छन् । उनको नाममा २ सय ६९ वानडे विकेटको रेकर्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed