Breaking News.... EverestOnlineKhabar
June 5, 2026

चीनमा उपप्रधानमन्त्री महराले भने,‘ल्हासा–काठमाडौं रेलमार्ग नेपालको तीव्र चाहना’

Loading

एजेन्सी । चीन भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री महराले विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै बान वेल्ट वान रोड अन्तर्गत ल्हासा–काठमाडौं रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताउनुभयो ।

उपप्रधानमन्त्री महराले वान वेल्ट वान रोड परियोजना सफल बनाउन दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ओबिओबोरबाट नेपाल अतिकमविकसित मुलुकबाट विकसित मुलुकका स्तरोन्नति हुन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपालका विविध क्षेत्रमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चीन पहिलो जनाउँदै उहाँले सञ्चार, पर्यटन, पारवहन, सडक र रेलसम्ममा चिनियाँ लगानी आकर्षित गर्न विगतमा भएका समझदारी पूरा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री महरा र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओबीच दुई देशका जनताबीचको सम्पर्कको प्रवद्र्धन र आपसी हितका विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed