![]()
काठमाडौं । रूसले तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा ५ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बैठकले सो आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएपछि रुसको लगानी निश्चित भएको हो । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बोर्ड बैठकमा विदेशी लगानी प्रोत्साहन गर्ने, स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने तथा उद्योग क्षेत्रमा सुधार गर्ने जस्ता नीतिका बारेमा समेत छलफल भएको थियो ।
बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीलाई स्वीकृति दिने गर्दछ ।


