Breaking News.... EverestOnlineKhabar
June 5, 2026

परराष्ट्र मन्त्री महरा भेटघाटमा व्यस्त, चिनियाँ समकक्षी वाङसंग ‘ओबिओआर’ का विषयमा महत्वपूर्ण वार्ता

Loading

एजेन्सी । चीन भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ । द्विपक्षिय भेटमा चीनले अघि सारेको वान बेल्ट एण्ड वान रोड (ओबिओआर) को अवधारणालाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । यस्तै, व्यापारिक सहर क्वाङचौमा नेपाली महावाणिज्य दूतावासको औपचारिक रुपमा उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

मन्त्री महरा ६ दिने भ्रमणका लागि बुधबार बेइजिङ प्रस्थान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed