Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पोखराबाट अपहरण गरी धादिङ पुर्‍याइएकी वालिका अपहरण मुक्त

Loading

धादिङ,२२ भदौ ।
पोखराबाट अपहरण गरी धादिङ पुर्‍याइएकी एक बालिकालाई प्रहरीले सकुशल मुक्त गराएको छ । पोखराको चिप्लेढुंगाबाट अपहरण गरी ल्याइएको बालिकालाई प्रहरीले धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेबाट सकुशल उद्दार गरेको हो ।
बालिका अपहरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा धादिङकै धुनीबेसी नगरपालिकाका २७ वर्षिय सन्तोष सापकोटा रहेका छन् । बालिकालाई अहिले प्रहरी चौकी गल्छीमा राखिएको छ भने अपहरणमा संलग्नबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed