Breaking News.... EverestOnlineKhabar
June 4, 2026

साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपमा छनौट

Loading

एजेन्सी,२१ भदौ ।
दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । विश्वकप २०१८ को छनौटमा एसिया क्षेत्र अन्तर्गत मंगलबार राति भएका खेलमा जित निकाल्दै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् ।
योसँगै एसियाबाट सिधै छनौट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । एसिया क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको दक्षिण कोरियाले उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिए पनि १० खेलबाट १५ अंकसहित दक्षिण कोरिया विश्वकपका लागि छनौट भएको हो । समूह बी मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको हो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ ।

साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनौट भएको हो । यसअघि सन् १९९४, १९९८, २००२ र २००६ मा छनौट भएको थियो । यस्तै इरानले सिरियासँग २–२ को बराबरी खेलेको छ । अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हराएको छ । अब अस्ट्रेलिया र सिरियाले एसिया क्षेत्रको प्लेअफ खेल खेल्ने छन् । दुई लेगमा हुने खेल जित्नेले विश्वकपमा स्थान बनाउने छ ।
अहिलेसम्म सबै क्षेत्रबाट गरी ८ देश विश्वकपका लागि छनौट भएका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed