Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु, ४ हजार २ सयभन्दा बढी प्रभावित

Loading

एजेन्सी,२१ भदौ ।
पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ ।
उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed