Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

लामो पर्खाइ तथा अनेकन अड्कलबाजीपछि आखिर बहुप्रतीक्षित आइफोन-एट सार्वजनिक हुने मिति तय भएको छ । एप्पलको यो अत्याधुनिक आइफोन आगामी सेप्टेम्बर १२ का दिन लञ्च हुनेछ ।

यसअघि पाटपुर्जा उत्पादनमा ढिलाई भएका कारण आइफोन-एट सेप्टेम्बरमा आउन नसक्ने र वर्षको अन्त्यसम्म धकेलिन सक्ने खबर सार्वजनिक भएका थिए ।

तर अन्ततः एप्पलले सेप्टेम्बरमै आइफोन एट सार्वजनिक गर्ने भएको हो । आइफोन-एट लञ्चिङ समारोहका लागि एप्पलले प्रेस निम्तो पठाउन सुरु गरिसकेको छ ।

एप्पलले आइफोन-एट लञ्चका लागि क्यालिफोर्नियास्थित स्टिभ जब्स अडिटोरियममा एक भव्य समारोहको योजना बनाएको छ । अमेरिकी समय अनुसार सेप्टेम्बर १२ मा दिउसो १२ बजे देखि उक्त कार्यक्रम सुरु हुनेछ ।

उक्त दिन आइफोन एटसँगै अन्य केही डिभाइसहरु पनि सार्वजनिक हुने बताइएको छ । त्यसमा फोर के टिभी र नयाँ एप्पल वाच पनि हुनेछन् ।

वालस्टि्रट जर्नलले सुत्रहरुलाई उधृत गर्दै एप्पलले उक्त दिन ३ वटा फरक फरक आइफोन सार्वजनिक गर्ने बताएको छ । अन्य सबैभन्दा आइफोन-एट विशेष हुनेछ ।

आइफोन-एटमा एज टू एज डिस्प्ले, अनुहार पहिचान गर्नसक्ने प्रविधि हुनेछ । आइफोन एटको मूल्य १ हजार डलरको आसपास हुने बताइएको छ । बढी मेमोरीवाला आइफोनको मूल्य चाहीँ १४ सय डलरसम्म हुनेछ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed